विद्युत चोरीको आरोपमा पक्राउ

२०७५, १९ मंसिर बुधबार १२:४६

राजविराज, १९ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत चोरी गरेको आरोपमा प्रहरीले मंगलबार आठ जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले विद्युतको पोलमा अङ्कुस लगाई विद्युत चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको विद्युतु प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताए ।

पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–१ का प्रदीप राय, सैनिक राय, रीतानन्द राय, कमलेश राय, देवनारायण राय, रामधन खंग, वडा नं ५ का प्रल्हाद दास र वडा नं ७ का जामुन राय रहेका प्रहरीले जनाएको छ ।

पक्राउ गरिएकालाई विद्युत ऐनअनुसार जनही रु १५ हजार ५०२ जरिवाना असुल गरी छाडिएको छ ।