बाँदरको आक्रमणबाट महिला गम्भीर घाइते

२०७५, १९ मंसिर बुधबार १२:२४

पर्वत, १९ मंसिर । जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएका छन् ।

स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मंगलबार बाँदरको आक्रमणबाट घाइते भएका हुन् । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो ।

जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयबासी झलक आचार्यले जानकारी दिएका छन् ।