स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

२०७५, १९ मंसिर बुधबार ११:५९
File Photo

कावासोती, १९ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना ३२ प ८३९० नं को स्कुटर दुर्घटना हुँदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।