मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

२०७५, १९ मंसिर बुधबार ११:४४

घोराही, १९ मंसिर । लमहीमा गएराति मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

वेलाबाट गढवातर्फ आउँदै गरेको रा ३ प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाबाट घाइते सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरीकोे लमही अस्पतालमा उपचार भइरहेको छ ।