लियो क्लबको ६१ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

२०७५, १९ मंसिर बुधबार ११:३५

हेटौंडा १९ मंसिर । लियो क्लबको ६१ औँ अन्तराष्ट्रिय स्थापना दिवसका अवसरमा हेटौँडाका सम्पूर्ण लियो क्लबहरुले संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएका छन् ।

अन्तराष्ट्रिय स्थापना दिवसका अवसरमा डिसेम्बर ५ तारिखका दिन उद्घाटन समारोह सहित हेटौंडामा फल्यास लाईटसहितको र्याली गरिने लियो जिल्ला परिषद ३२५ रिजन बि २ का रिजन कोअर्डिनेटर राजन श्रेष्ठले जानकारी दिएका छन् । र्याली पश्चात बुद्धचोकमा लियोको लोगो बनाई दिप प्रज्वलन गरिने बताइएको छ ।

त्यस्तै सप्ताहव्यापी कार्यक्रममा रक्तदान, ईन्टर लियो क्विज कन्टेस्ट, ईन्टर लियो सेभेन ए साईड फुटबल, ब्याटमिन्टन र खाद्यपदार्थ वितरण समेत गरिने कार्यक्रम रहेको छ । सप्ताहव्यापी कार्यक्रमको डिसेम्बर ११ तारिखमा पुरस्कार वितरण सहित समापन गरिने छ ।