मकवानपुरको भिमफेदीमा यौन दुव्र्यवहार सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम

२०७५, १५ मंसिर शनिबार १२:४६

मकवानपुर १५ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्यालयमा हुने यौन दुव्र्यवहार सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

मकवानपुर महिला समूहले दातृ निकाय आईरिस एड र एक्सन एड नेपालको सहयोगको आयोजनामा भीमफेदी गाउँपालिका–६ स्थित महेन्द्र माध्यमिक बिद्यालयमा ‘लैङ्गि हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ शुक्रबार कार्यक्रम भएको हो ।

कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष काशीराम बज्यू, भीमफेदी गाउँपालिका कार्यपालिका सदस्य सरिता परियार, ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी नायब निरिक्षक नारायण राई, महेन्द्र माध्यमिक बिद्यालयका प्रधानध्यापक सुरेशप्रसाद गुप्ता, महिला जागृती बचत तथा ऋण सहकारी संस्थाकी सचिव निर्मला थापाले आ–आफ्नो कार्यालयले यौन दुव्र्यवहार निवारणका लागि गरिरहेको कार्यको बारेमा जानकारी दिएका थिए ।