नख्खुजेल तोडेका मकवानपुरका लामा अहिले पाटन अस्पतालमा, सरकार मौन !

२०७५ मंसिर ११,मंगलवार १५:४४

मकवानपुर ११ मसिंर । लामो समय राजनितिक जिवन बिताएका विरबहादुर लामा अहिले स्वास्थ्य अवस्थाका कारण अस्पतालमा छन् । २०३३ सालमा नख्खुजेल तोडेका लामा अहिले जिवन र मरणको अवस्थामा छन् । केहि दिनदेखि उनी काडमाडांैको पाटन अस्पतालमा उपचाररत छन् । उनको आर्थिक अवस्था निकैनै नाजुक छ ।

उनी अहिले उच्च रक्तचाप मधुमेय, तथा मृगौला सम्बन्धी रोगका कारण अस्पतालमा छन् तर उनको उपचारको लागि मद्धत जुटाउनेतिर नेपाल सरकार तथा प्रान्तीय सरकार कसैको पनि ध्यान नगएको मानव अधिकारकर्मीहरुको भनाई छ ।

तत्कालिन (माले) पार्टीमा रहेका उनी मकवानपुरको जिल्ला विकास कार्यालयका सभापती समेत भएका थिए । उनले केहि समय पार्टी सचिवको रुपमा पनि मकवानपुरमा कार्यभार सम्हाले । उनी एक पटक माननिय र पार्टीको केन्द्रिय कमिटी सदस्य समेत भएका थिए ।

मुलुकको राजनितिक विभिन्न परिवर्तनको लागि लडेका उनी आफैं अहिले विरामी परेर अस्पतालको शैयामा लढ्दा समेत प्रान्तीय र नेपाल सरकार दुबैले कुनै वास्ता नगरेको भन्दै उनलाई सहयोग गर्न मानवअधिकारकर्मी राजन मैनालीले उनको स्वास्थ्य उपचारको लागि सरकारले पहल गर्नुपर्ने भन्दै अपिल जारी गरेका छन् ।

मैनालीले तु खबरलाई भने ‘ उनको लागि अहिले सहयोग आवश्यक छ । मुलुकको लागि जिवन बिताएका उनलाई सरकारले पार्टीगत दृश्टीकोणले नहेरी उपचारमा मद्धत गर्नुपर्छ ’ ।

लामा अहिले उमेरले ७० पुगे । उनको घर मकवानपुरको फाखेल हो । उनी २०३३ सालदेखि २०४६ सालसम्म भुमिगत समेत भएका थिए ।