मुआब्जा माग गर्दै उच्च अदालतमा रिट

२०७५, ५ मंसिर बुधबार १५:३४

मकवानपुर । धरान चतरा सडक आयोजनाले निर्माण भएको संरचनाको मात्र क्षतिपुर्ति तथा मुआब्जा दिने भएपछि हेटौंडाको चौघडादेखि रंगशालासम्मको व्यक्तिहरुले जग्गाको समेत मुआब्जा मागेर उच्च अदालत हेटौंडा इजलासमा रिट निवेदन दर्ता गरेका छन् ।

समाचार तयार पार्दासम्म पनि पीडितहरुले सनाखत गरी छुट्टाछुट्टै निवेदन दर्ता गराइरहेका छन् ।

सो क्षेत्रमा पर्ने करीव ३ सय घरधनीहरुले जग्गाको मुआब्जा नपाउँदा पीडित बनेको भन्दै निर्माण भएको संरचनाको मात्र होइन, जग्गाको पनि मुआब्जा माग गरेका हुन् । धरान चतरा सरोकार समिति निर्माण गरी पीडितहरुले मु्आम्जा माग्न कानूनी बाटो अपनाएका हुन् ।