रक्सौलबाट नेपाल ल्याउँदै गरिएको लागु औषध सहित एक जना पक्राउ

२०७५, ३ मंसिर सोमबार ०८:०९

बारा ३ मसिंर । भारतको रक्सौलबाट गाडिमा राखी अबैध लागुऔषध नेपाल ल्याउदै गर्दा एकजना भारतिय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कात्तिक ३० गते बारा जिल्लाको सशस्त्र प्रहरी बल¸ नेपाल बोर्डर आउट पोष्ट बरैनिया बाराका सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको ७ जनाको डिउटी टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागु औषध सहित भारतिय नागरिक सद्रे
आलमलाई पक्राउ गरेको हो ।

औषध डाईजोल्याव १०००, नोफिन १००० र फेनारगन १००० एम्पुल गरी जम्मा ३००० एम्पुल पंहरीले नियन्त्रणमा लिएको हो ।
बि आर २२ ए ५२७९ नं को स्कार्पियो गाडी चेकजाँच गर्ने क्रममा गाडी चालक भारत बिहार जिल्ला पूर्विचम्पारण मोतिहारी बस्ने बर्ष २३ का आलमलाई पक्राउ गरिएको हो । आलमलाई आवश्यक अनुसन्धान पश्चात कारबाही भईरहेको छ ।