सांसद कृष्ण दाहालले संसद विकास कोषको ४ करोड मकवानपुरमा लगानी गर्ने

२०७५, २९ कार्तिक बिहीबार १८:४१

मकवानपुर २९ कात्तिक । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्ण प्रसाद दाहालले आफ्नो सँंसद विकास कोषमा आएको ४ करोड रुपैंया विकास निमार्णको काममा खर्च गर्ने बताएका छन् ।

उनले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषयमा जानकारी दिएका हुन् । उनले कोषमा आएको ४ करोड रकम आफ्नो क्षेत्रमा पर्ने उपमहानगर र गाउँपालिकामा विभिन्न योजनाका शीर्षकमा रकम छुट्याएर काम गर्न लागेको बताए ।

४ करोड रकममा हेटौंडा उपमहानगरमा १ करोड ५० लाख, बकैया गाँउपालिकामा १ करोड मकवानपुरगढी गाउँपालिकामा ५० लाख, बागमती गाँउपालिकामा १ करोड बजेट विनियोजित भएको सौसद दाहालले बताए । आफ्नो क्षेत्रमा खानेपानी, सडक, पर्यटन, जलमार्ग सिँचाई, शैक्षिक संस्था, स्वास्थ्य क्षेत्रमा खर्च गरिने सांसद दाहालले बताए ।