ओम बाबालाई २ लाख धरौटी माग

२०७५, २९ कार्तिक बिहीबार १७:५२

मकवानपुर २९ कात्तिक । उच्च अदालत पाटन हेटौंडा इजलासले ‘ओम बाबा’ भनिने ओम प्रकास श्रेष्ठलाई २ लाख नगद वा जेथा जवानी लिएर तारेखमा राखी मुद्धाको पुर्पक्ष गर्नुभनी आदेश गरेको छ ।
उच्च अदालतका न्यायाधिस टेकराज नेपाल र गोपाल भट्टराईको इजलासले उक्त आदेश गरेको हो । जिल्ला अदालतले श्रेष्ठलाई कारागारमा राखी मुद्धाको पुर्पक्ष गर्ने आदेश गरेको थियो ।

जिल्ला अदालतको सो आदेश बदर गरिपाउँ भन्ने निवेदन उपर सुनुवाई गर्दै उच्च अदालतले श्रेष्ठलाई २ लाख धरौटी राखी मुद्धाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
जिल्ला अदालत मकवानपुरले हेटौंडा–१४ स्थित ओम आरोग्य आश्रमका ओम प्रकाश श्रेष्ठ ‘ओमबाबा’लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

जिल्ला न्यायधिश षडानन्द तिवारीको इजलाशमा भएको थुनछेक बहसपछि उनी भिमफेदी कारागारमा थिए ।

उनलाई हेटौंडा ११ नवलपुरकी साबीत्री पुडासैनीको झारफुकका क्रममा मृत्यु भएको प्रकरणमा मृतक महीलाका पति काशीराम पुडासैनीले ओमबाबा लाई इलाज सम्बन्धि कसुरमा जाहेरी दिएका थिए ।