जीप दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

२०७५, २९ कार्तिक बिहीबार १४:२३

बाजुरा, २९ कात्तिक । बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोही नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पु¥याएर कुँडीबाट मार्तडी आउँदै गरेको से १ ज ५४३ नं को जीप बल्देमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा परी २ जना गम्भीर भएका छन् । घाइतेमध्ये साउँदका छोरा २२ वर्षीय नवराज साउँद, ट्रक चालक कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।