चीन सरकारमार्फत नेपालमा गाई ल्याउन लागेको भन्दै कृषकहरूको बिरोध

२०७५, २९ कार्तिक बिहीबार १३:५६

चितवन, २९ कात्तिक । ३२ अर्बको लगानीमा स्थानीय सरकारले मोडेल गाई फार्म स्थापना गरेको भन्दै कृषकहरुले बिरोध जनाएका छन् ।

व्यवसायिक दुग्ध उत्पादक कृषक समाजद्वारा भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय दुई नम्बर प्रदेश सरकार र तीन नम्बर प्रदेश सरकारले कमिसनको खेलमा चीन सरकारमार्फत नेपालमा गाई ल्याउन लागेको भन्दै कडा शब्दमा बिरोध जनाएका छन् ।

बिरोधकाबीच सरकारले देशका किसान र गाईलाई उपेक्षित गरी चीनबाट गाई भित्र्याउँने काम भए किसान चौपायासहित प्रत्येक स्थानीय तहबाट अन्दोलनमा उत्रिने र किसानको गाई भैंंसी स्थानीय सरकारको कार्यालयमा बाँधिने गरी आन्दोलनका साथ कार्यक्रम गरिने चेतावनीसमेत दिइएको छ ।

कार्यक्रममा व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवन, व्यवसायिक दुग्ध उत्पादक कृषक समाज भरतपुर महानगरपलिका र व्यवसायिक दुग्ध उत्पादक कृषक समाज रत्ननगर नगरपालिकाले संयुक्तरुपमा चीनबाट गाई ल्याउन भन्दा नेपालका गाईपालक कृषहरुलाई प्रोत्सान गर्नुपर्नेमा जोड थियो ।