सटरको ताला फुटाई चोरी गर्ने पक्राउ

२०७५, २८ कार्तिक बुधबार १७:३५

काठमाडौं, २८ कात्तिक । काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका २९ वर्षीय सुदिप तामाङ भन्ने गंगाबहादुर मगरलाई सोमबार काठमाडौं महानगरपालिका–२५ मछिन्द्र बहालबाट प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी भएका घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो ।

घट्नाको विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।