जिल्ला समन्वय समितिका सदस्यमाथि आफ्नै भाईले खुकरी प्रहार

२०७५, २८ कार्तिक बुधबार १६:५४

मेलम्ची २८ कात्तिक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि सोमबार आफ्नै भाइले खुकुरी र बियरको बोतल प्रहार गरिएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् ।

तामाङलाई आफ्नै भाइले आक्रमण गर्दा घाइते भएका थिए । बाटोको विषयलाई लिएर इन्द्रावती गाउँपालिका–५ बस्ने ३२ वर्षीय अणबहादुर तामाङले दाजुलाई बियरको बोतलले हिर्काएका थिए ।

टाउकामा चोट लागेर गम्भीर घाइते भएका सदस्य तामाङको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घट्नाको बारेमा थप आवशयक अनुसन्धान भइरहेको छ ।