टिपर दुर्घटनामा एकको मृत्यु

२०७५, २८ कार्तिक बुधबार १३:२५

पाल्पा २८ कात्तिक । पाल्पा निस्दी गाउँपालिका–७ ज्यामिरेमा मङ्गलबार राति लु १ ख ९२११ नंको टिपर बे्रकफेल भई बिग्रिएर रोकिएको लु १ ख १९ नं. टिपरको पछाडिएका ढालामा ठक्कर खाई सडकमा पल्टिदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोे रहेको जिल्ला प्रहरी कार्यालयको दाबी छ ।

ठक्कर खाई सडकमा पल्टिदा गम्भीर घाइते महतोको मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ ।