नवलपरासी औद्योगिक व्यापार मेला २०७५ मंसिर १३ देखि हुँदै

२०७५, २७ कार्तिक मंगलवार १७:२७

काठमाडौँ २७ कात्तिक । शान्ति, समृद्ध, उद्योग र व्यापार नवलपरासी औधोगिक व्यापार मेला २०७५ तथा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रबिधिको बृहत प्रदर्शनी २०७५ मंसिर १३ देखि २३ गते सम्म हुने भएको छ ।

उद्योग वाणिज्य संघ नवलपरासी तथा औधोगिक शान्ति नेपाल संस्थाको संयुक्त आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनीसहितको मेला हुन लागेको हो ।

नवलपरासी आफैमा एक धार्मिक, साँस्कृतिक र पर्यटकीय दृस्टीकोणले महत्वपूर्ण स्थल रहेको छ । यसै अनुरुप यस मेलाले नवलपरासीको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि गरि आर्थिक रुपले मजबुत बनाउने र परासीलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिए ।

नवलपरासी, रुपन्देहीसहित छिमेकी भारतीय बजारबाट समेत दर्शक मेला हेर्न आउने संघका महासचिव गिरिराज पाण्डेले जानकारी दिए । मेलामा धार्मिक, पर्यटकीय स्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको भेषभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनको सो मेलामा प्रदर्शनी गरिने समेत उनले बताए ।

मेलामा दुइ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउँमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रिवितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको व्यवस्था रहेको जानकारी औद्योगिक शान्ति नेपाल संस्थाको अधक्ष्य सन्दिप महतले गराएको छन् ।

मेला भ्रमण गर्नको लागि रु ४० र बिद्यार्थीको लागि रु ३० टिकट शुल्क निर्धारण गरिएको छ । उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक साँस्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ मेला व्यवस्थापक बिद्यार्थी शाहले आव्हान गरेका छन् ।