कृषि, सहकारी, वन तथा वातावरण विभाग दाहालले नेतृत्व गर्ने

२०७५, २६ कार्तिक सोमबार १८:१७

मकवानपुर २६ कात्तिक । नेपाली कांग्रेस मकवानपुरद्धारा कृषि, सहकारी, वन तथा वातावरण विभाग गठन भएको छ । कांग्रेसले विभिन्न विभाग गर्दै आइरहेको छ । यस अघि खेलकुद विभाग र सांस्कृतिक विभाग गठन गरेको थियो ।

आज पार्टी कार्यालयमा बैठक बसी जिल्ला सदस्य अर्जुन प्रसाद दाहालको सैयोजकत्वमा १६ सदस्य रहने गरि विभाग गठन भएको छ । विभिागको सदस्यहरुमा मिरा स्याङतान, शिव भण्डारी, लक्ष्मी गौतम, गोरीमाया लामा, भवानी प्रधान, लक्ष्मी थिङ, काजेन्द्र परियार, डम्बर बहादुर विक, कृष्ण घिमिरे, श्रीराम अर्जुन, मनोज देवकोटा, अर्जुन पाठक, रचुत देवकोटा, नारायण उप्रेती, केशब भारती, निरमाया रुम्बा रहेका छन्, ।

विभाग गठन पश्चात विभिागले किसान संघ गठन गरिने, जिल्लामा भएको सहकारी संस्थाको तथ्याङ्क संकलन र सामुदायिक वन समुहको सुचि तयार गर्ने निर्णय समेत गरेको छ ।