एक मलेसियालीको मृत्यु

२०७५, २६ कार्तिक सोमबार १७:४५

सोलुखुम्बु, २६ कात्तिक । खुम्बु–पासाङल्हामु गाउँपालिका–४ दिङ्बोचेमा आइतबार एक मलेसियालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युको कारण यकिन नभए पनि लेक लाग्ने समस्या भएको हुन सक्ने अनुमान गरिएको छ ।