नक्कली सुुन दिएर ४० लाख ठग्ने ६ जना प्रहरी नियन्त्रणमा

२०७५, २६ कार्तिक सोमबार १७:२८

काठमाडौं,२६ कात्तिक । नक्कली सुन दिएर नगद ठग्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक किलो नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले धरान १७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला ३५ बस्ने जनकपुर ९ धनुषाका ३५ वर्षीय मनिष ढुङ्गाना, काडाँघारी बस्ने हरिवन(९ सर्लाहीका २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवारलाई पक्राउ गरेको छ ।

यस्तै म्हैपी बस्ने लालबन्दी (१९ सर्लाहीका का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, बौद्ध बस्ने राजारानी ६ धनकुटाका २५ वर्षीया सलिना शेर्पा भन्ने संगीता राई र बौद्ध वेशीगाउँ बस्ने विरुवागुठी(१ पर्साका २९ वर्षीय सन्तोष कुमार लामा पनि प्रकाउ परेका हुन् ।

पक्राउमध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगिता राईबाट ७ लाख रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।