ससुराली गएका राना, हेटौंडा १२ मा मृत अवस्थामा भेटिए

२०७५, २२ कार्तिक बिहीबार ११:४७

हेटौँडा २२ कात्तिक । हेटौंडामा गएराति कुटपिटका कारण १ जनाको ज्यान गएको छ । सुसुराली घर गएका हेटौँडा १२ का रमेश राना मगरको हेटौँडा ११ र १२ जोडने झोलुंगे पुल नजिकै मृत्य भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी भएको झगडाका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी ४०/४५ बर्षका मगरको १२/१५ जना व्यक्तीहरु विच भएको झैझगडाका क्रममा मृत्यु भएको हुनसक्ने मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

घटनास्थलमा प्रहरी परिचालन गरि अनुसन्धान थालिएको प्रवक्ता सिंहले बताएका छन् । घटनामा संलग्न रहेको भनिएका एकजनालाई प्रहरी पक्राउ गरेको र बाँकीको खोजिकार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।