मुख्यमन्त्री डोरमणि पौडेल विद्युतीय जिपमा सरर…

२०७५, २१ कार्तिक बुधबार ०६:५३

मकवानपुर २१ कात्तिक । प्रदेश नम्बर ३ का मुख्यमन्त्री जिपमा सरर सवार गर्ने भएका छन् । उनको जिप पनि हेटौंडा आईसकेको छ ।
पेट्रोलियम पदार्थमा आधारित सवारी साधन पूर्ण प्रतिवबन्ध लगाउने घोषणा गरेको प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल अबको केहीदिनभित्र विद्युतीय जीपमा चढ्ने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जीप खरिद गरी मुख्यमन्त्रीलाई चढ्ने व्यवस्था मिलाउन लागेको हो । प्रदेश सरकारले २०८५ वैशाख १ गतेदेखि काठमाडौंलगायत प्रदेशका मुख्य सहरमा पेट्रोलबाट चल्ने सवारी साधन बन्द गर्ने घोषणा गरिसकेको छ । सार्वजनिक यातायातमा विद्युतीय सवारीलाई प्रोत्साहन दिन रवातावरणमैत्री बनाउनको लागि मुख्यमन्त्रीबाट अभियान थालनी हुन लागेको हो ।
आजको हेटौंडा सन्देशले समाचार छापेको छ ।