जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७५, २० कार्तिक मंगलवार १२:५४

कास्की, २० कात्तिक । पोखरा महानगरपालिका–३० ढुङगेपाटनस्थित भैंसी फार्ममा काम गर्ने मादी गाँउपालिका–५ मिजुरेकी २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार प्रहरीले एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४३ वर्षीय मिनुराज घिमिरे रहेका छन् । घट्नाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।