लागुऔषधसहित पक्राउ

२०७५, २० कार्तिक मंगलवार १२:१८
File Photo

पर्वत, २० कात्तिक । सदरमुकाम कुश्माबजारबाट सोमबार प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषधसहित कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुनलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न १२२ थान लागुऔषध र चरेस बरामद गरिएको छ ।

प्रहरीले दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ३९, कालजेसिक चार थान तथा नगद रु १६ हजार बरामद गरिएको छ ।

पक्राउ परेका दुबैलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारर्वाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।