करिब पाँच लाख ४८ हजार बराबर नगदसहित जुवाडे पक्राउ

२०७५, २० कार्तिक मंगलवार १२:१२

सुर्खेत २० कात्तिक । वीरेन्द्रनगर नगरपालिकाबाट प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित १४ जुवाडेलाई पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।