आज कुकुर तिहार, कुकुरको पुजा गरी मनाईदै

२०७५, २० कार्तिक मंगलवार ०६:३१

मकवानपुर २० कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण चर्तुदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । कुकुर तिहारमा कुकुरलाई यमदूतको रुपमा मान्ने र कुकुरलाई माला लगाएर पुजा गर्ने चलन परम्परा छ ।
कुकुरले घरको रेखदेख गर्ने गरेको भन्दै आज विषेश रुपमा खाना खुवाएर कुकुरलाई छाडा गाउँसहर घुमाउने प्रचलन रहेको छ । कुकुरलाई आज्ञापालक एवं रक्षक मानिनुका साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययनरअनुसन्धानका कार्यमा कुकुरको प्रयोग गरिन्छ । कुकुरले प्राकृतिक विपत्तिको पूर्वसंकेत दिने विश्वास गरिनुका साथै यसलार्इ भैरवको बाहन पनि भनिन्छ।