मठ मन्दिरहरु

२०७५ कार्तिक १८,आईतवार १४:५७

हेटौडा नगरको मध्य भागमा अवस्थित भुटनदेवी मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रुपमा लिईन्छ । त्यस्तै हिन्दुहरुका आराध्य देव पशुपतीको मन्दिर समेत हेटौडाको मध्यभागमा वडा नं. ४ मा प्रतिस्थापित छ । भैरव डाँडामा पाथिभरा देवीको मन्दिर, हेटौडा–वीरगञ्ज मार्गको बीचमा पर्ने चुरे श्रृङ्खलामा राणाकालमा निर्मित नेपालको पहिलो सुरुङमार्गको दक्षिणी मोहडामा हिन्दुहरुको प्रसिद्ध शक्तिपीठ चुरियामाईको मन्दिर रहेको छ । मकवानपुर जिल्लाका विभिन्न गाविसमा बौद्ध गुम्बा, स्तुपाहरु पनि थुप्रै छन् । हेनपा–नवलपुरको पुण्यक्षेत्रमा शयनमुद्राको नारायणको आकर्षक शिला रहेको छ ।