कुष्माण्ड सरोवर(१०८ गौमुखी धारा)
हेटौडा नगरपालिकाको वडा नं. ९ को पश्चिम र पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावती, कर्णावती र कौशवाही (चुरे पर्वतको कुसको जङगलबाट उत्तर बगेकी) नदीको सङ्गम स्थलमा कुष्माण्ड सरोवर अवस्थित छ । तीन नदीको सङ्गममा बसेर कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त गरेको भनी स्कन्द पुराणको हिमवत खण्डको ७६ औं श्लोकमा उल्लेख भएको हुँदा यस पवित्र भूमिमा कुष्माण्ड भगवतीको स्थापना गरी १०८ गौमुखी धारा स्थापना गरिएको छ । यहाँ माघ स्नान गर्ने र कार्तिक महिनामा कुभिण्डो दान गर्ने प्रचलन छ ।