गायिका शर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा ‘ तिहारै आयो ’ भिडियो सहित

२०७५, १८ कार्तिक आईतवार ११:४८

काठमाडौं १८ कात्तिक । नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ ।

गायिका सर्मिला विसी र गायक टेक बहादुर सुनारको आवाजमा सजिएको तिहारको कोशेली ‘तिहारै आयो’ गीतको भिडियो बजारमा आएको छ । अनिल चन्द घायलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको हो । तिहारको महत्व भिडियोमा देखाइएको छ ।

गीतमा मौलिक पनको अधिक प्रयोग गरिएको छ । अजय रेग्मीको छायाँकन, विनोद बमको सम्पादन, काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘तिहारै आयो’ गीतमा निर्देशक काजिश श्रेष्ठ र साया भण्डारीको नित्य रहेको छ ।

हेर्नुहोस भिडियो ।