कैलाश ६ पकनीमा सांस्कृतिक तथा सम्मान कार्यक्रम

२०७५, १८ कार्तिक आईतवार ११:३४

थाहानगर १८ कात्तिक । मकवानपुरको उत्तरीभेगमा रहेको थाहा कला केन्द्रले तिहार विशेष वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्ने भएको छ । कला–संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको थाहा कला केन्द्रले हरेक बर्ष झैँ यस वर्ष पनि कार्यक्रमको आयोजना गरेको थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिए ।

बिगतको वर्षहरुमा थाहानगर भित्र गर्दै आईरहेको थियौँ, यस बर्ष भने कैलाश गाउँपालिकाका वडा नम्बर ६ पकनीमा गर्न लागेको हो, उनले भने । “यस कार्यक्रम रमाईलो मात्रै नभई सामाजमा केही जनचेताना फैलाउने उद्देश्य समेत हो ।”

सामाजिक बिकृति, बिसंगती तथा समाजमा रहेका विभिन्न समस्याहरुको न्युनिकरण गर्नको लागि चलचित्र मार्फत सन्देश प्रवाह गर्ने उद्धेश्यले नेपाली कथानक चलचित्र कल्चरको निमार्ण गरिरहेको बताए । उनले भने, “क्ल्चर फिल्म चाँडै नै रिलिज गर्ने तयारी स्वारुप काम भईरहेको छ, सो फिल्मको प्रचार–प्रसार गर्न समेत यस कार्यक्रमले सहयोग पुग्नेछ ।”

यहि कात्तिक २१ गतेको दिन ११ बजेबाट शुरु गर्ने सो कार्यक्रम कैलाश एकता समाज, हिमशिखर युवा क्लव, गोगने स्मार्ट युथ क्लव, ग्याङ स्टार युथ क्लव, शिला कन्या युवा क्लव, पञ्चबुद्ध टोल विकास समिति, गोगने जागरण समाज, चन्द्र सुर्य युवा क्लव लगायतको सहयोगमा रहने भएको छ ।