निर्मला प्रकरण : बलात्कारपछि हत्या भएको सय दिन पूरा, उपलब्धी शून्य

२०७५, १६ कार्तिक शुक्रबार ०९:०४

हेटौँडा, १६ कात्तिक । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पूरा भयो । अपराधी पत्ता लगाउन नसक्दा आलोचना खेप्दै आएको सरकारले सय दिन पूरा हुँदा पनि आलोचना खेपिरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गत १० साउनमा घरबाट होमवार्क गर्न भन्दै साथीको घर पुगेकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । शव भेटिएसँगै सरकारले बनाएको एउटा उच्चस्तरीय सहित ७ वटा अनुसन्धान टोलीले कुनै नतिजा दिन नसकेपछि सरकारको आलोचना चुलिएको थियो ।

सामाजिक अभियन्ताले निर्मलाको न्याय माग्दै सडकमा आन्दोलनका कार्यक्रम गर्दै आएको थियो । अभियन्ताले आन्दोलनलाई निरन्तरता दिँदै र उनको सम्झनामा शुक्रबार ललितपुरस्थित पाटनको कृष्ण मन्दिरमा दीप प्रज्वलन गर्ने आयोजना गरेको छ । यसअघि सडक र्‍याली, कविता वाचन, अनसन लगायत दबाबमूलक कार्यक्रम गर्दै आएका अभियन्ताहरुले साँझ ५ बजे कार्यक्रम गर्ने भएका हुन् ।
श्रोत–नयाँ पत्रिका दैनिक