हेटौँडामा नारी चेतनाको टिका कार्यक्रम

२०७५, ७ कार्तिक बुधबार १८:२३

मकवानपुर, ७ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६, चुच्चेखोलामा रहेको नारीचेतना बचत तथा ऋण सहकारी संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दहालले बुधवार सहकारीमा आवद्ध शेयर सदस्य एवम् अन्य शुभचिन्तकहरुलाई टिका तथा आर्शिवाद दिएकी छिन् । विजयादशमीको अवसरमा संस्थामा एक कार्यक्रमको आयोजना गरी दहालले टिका तथा आर्शिवाद दिएकी हुन् ।

कार्यक्रममा बोल्दै दहालले आफ्नो धेरै पहिले देखिको ईच्छा पूरा भएको बताईन् । आफुले जन्माएको नारीचेतना सहकारीलाई विकासको गतिमा अगाडि बढाउन पत्रकार, सहकारीका महिला सदस्य एवम् अन्य धेरै शुभचिन्तकहरुको ठूलो सहयोग र सद्भाव रहेको उनले बताईन् । दाहालले सबै क्षेत्रबाट आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरिन् ।

सहकारीकी अध्यक्ष ज्ञानु अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, व्यवस्थापक भीमसेन पौडेल, संस्थाकी उपाध्यक्ष कमला श्रेष्ठ, व्यवस्थापक मोदकुमारी दहाल लगायतले यस्ता कार्यक्रमले आपसी सदभाव एवम चाडपर्वहरुको महत्व अझ बढि बढ्ने बताए ।

कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, शेयर सदस्य र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।