सर्वोच्चको आदेश सरकारी अस्पतालले टेरेनन्

२०७५, ६ कार्तिक मंगलवार ०७:२६

 

काठमाडौं ६ कात्तिक । अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् ।

सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेको छ ।

१४ असार २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही बर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो ।

तर, अधिकांश अस्पतालले सार्वोच्चको आदेश कार्यान्वयन गरेका छैनन् ।
समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।