कर्रा खोलामा बेवारिसे शव फेला

२०७५, ५ कार्तिक सोमबार १८:०३

मकवानपुर, ५ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ अन्तर्गत कर्रा खोलामा बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बेवारिसे शवको हुलिया सहित पहिचानको व्यक्ति भए सम्पर्क गरी बुझ्न समेत आग्रह गरेको छ ।

कर्रा खोलाको बिच भागमा भेटिएको शवको वर्ण गहुँगोरो, सेतोमा कालो धर्का भएको सर्ट र निलो हाफ कट्टु लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै उचाई अन्दाजी ५ फिट, बाहुन क्षेत्री जस्तो देखिने अन्दाजी २०–२५ वर्षीय पुरुषको शव फेला परेको हो । शव चिन्नेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जानकारी गराउनको लागि अनुरोध गरेको छ ।