मनहरीमा ३ वडाका ज्येष्ठ नागरिकले पाएनन् भत्ता

२०७५, ४ कार्तिक आईतवार १८:५०

मकवानपुर, ४ कात्तिक । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको ३ वटा वडामा यो चालुआर्थिक वर्षको पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ तथा अन्य नागरिकहरुले दशैँमा पनि भत्ता नपाएको गुनासो व्यक्त गरेका छन् । भत्ता वितरण गर्ने जिम्मा लिएको मनहरी ७ मा रहेको मुक्तिनाथ विकास बैंकले लापारवाहीे गर्दा वडा नम्बर १ , ३ र ७ का ज्येष्ठ नागरिकले दशैँमा सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका छन् ।

मनहरी गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता निकास भई सक्दा पनि मुक्तिनाथ बैंकको लापारबाहीका कारण भत्ता नपाएका हुन् । करिब ६ सय भन्दा बढी ज्येष्ठ नागरिकहरुको इच्छा चाहान बिपरित काम गरेको भन्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले छिटो छरितो सेवा प्रदान नगर्ने बैंकहरु अबको समयमा समन्वय गर्न नसक्ने बताएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।

भत्ता बितरण गर्न रहेका बाँकी वडामा तिहार अगाबै बितरण गर्नेमा अधिकारीले प्रतिबद्धता जनाए । समस्या बारे छिट्टै कार्यपालिकाको बैठक बसि उक्त समस्याको समाधानको निष्कर्ष निकालिने बताए ।