बस दुर्घटना हुँदा ३२ घाइते

२०७५, ४ कार्तिक आईतवार १६:५२

दमौली, ४ कात्तिक । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज भएको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

बस अनियन्त्रित भई आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।