जबरजस्ती करणी तथा हत्या गरी फरार अभियुक्त पक्राउ

२०७५, ४ कार्तिक आईतवार १५:३९

सुनसरी ४ कात्तिक । महोत्तरी औरही नगरपालिका–१ बस्ने ८ महिनाकी नाबालिकालाई गत भदौ १० गते अपहरण गरी जबरजस्ती करणी तथा हत्या गरी फरार अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

महोत्तरी भङगाहा नगरपालिका–६ बस्ने २६ वर्षीय भरत शाहलाई सुनसरीको कोशी ब्यारेजबाट प्रहरीले पक्राउ गरेको हो ।

संगठित अपराध, जघन्य अपराध, महिला तथा बालबालिकामाथिको अमानवीय कार्यप्रति कानूनी कठोरता अपनाउने प्रहरी संगठनको नीति अनुरुप अपराधलाई रोकथाम तथा नियन्त्रणका लागि विशेष सुरक्षा योजना बनाई जाँच गर्ने क्रममा शाहलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियुक्त शाहलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ । घट्नाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।