बिदेशी एजेन्टहरुको नामवाली सार्वजनिक गर्ने चेतावनी

२०७५, २ कार्तिक शुक्रबार ०७:२२

काठमाडौँ । स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालले आउँदो साता नेपालमा रहेका ७७ वटै जिल्लाका बिदेशी एजेन्टहरुको नामावली सार्वजनिक गरिने चेतावनी दिएका छन् ।

मेची महाकाली अभियानमा रहेका उनले दलहरुको नाम फरक फरक भएपनि यिनीहरु एउटै भएको भन्दै स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्न माग गरेका छन् ।

समाजका सबै तह र तप्कामा रहेकाहरुले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न पर्ने र सार्वजनिक सम्पत्तिको स्रोत नखुले राष्ट्रियकरण गरिनु पर्ने अभियानको माग छ । त्यसबाहेक पनि अभियानले अन्य थुप्रै एजेण्डाहरु सार्वजनिक गरेको छ ।