टिका लगाउने उत्तम साइत ९ बजेर ५१ मिनेट

२०७५, २ कार्तिक शुक्रबार ०६:५९

मकवानपुर । आज बिजयादशमी । सबैले दूर्गा भवानीको पूजा गरिसकेपछि मान्यजनको हातबाट टिका जमरा लगाई आशिर्वाद लिने दिन । यस बर्षको बडादशैँ मा टिका लगाउने उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।