बहु प्रतिक्षित पुस्तक चेन्ज योर फ्युचर सार्वजनिक

२०७५, ३० आश्विन मंगलवार १७:०५

काठमाडौं ३० असोज । जीवनसंग जोडिएका हरेक प्रसङ्गदेखि ब्यापारका बैज्ञानिक सुत्र देखी जीवनका पाना पानालाई केलाएर तयार पारिएको बहु प्रतिक्षित पुस्तक चेन्ज योर फ्युचर सार्वजनिक भएको छ । चेन्ज योर फ्युचरलाई न्यूयोर्क निवासी चर्चित युबा लेखक राजन थपालिया र एन आर एन अमेरिकामा पूर्व बरिष्ठ उपाध्यक्ष तथा युबा नेता कृष्ण पोख्रेलद्वारा लेखिएको कृती हो । उक्त किताबको कभर आर्ट लन्डन निबासी निकै लोकप्रिय डिजाइनर एम एम रैनीले गरेकि हुन् । उक्त किताबको कभर तस्बिरले नै जीवन प्रतिको आशा उत्साह र परिवर्तनको झझल्को दिन्छ ।

२५६ पेज रहेको उक्त पुस्तकमा १२ वटा खण्डहरु रहेका छन् । किताबमा जीवनका दर्शनदेखि, यौन्, विवाह, प्रेम , स्वास्थ , ब्यायम्, अमेरिकामा स्थापित हुने, राम्रा बिश्व बिद्यालयहरु छान्ने तरिकादेखि जीवनको कुन उमेरमा के गर्ने भन्ने समेत हरेक पाटोलाई सरल ढंगबाट केलाईएको उक्त किताब अनन्त सार्वजनिक भएको छ।