तीन जना मृत अवस्थामा फेला

२०७५, २९ आश्विन सोमबार १३:४८

काठमाडौं, २९ असोज । पर्सा र स्याङ्जामा आइतबार तीन जना मृत अवस्थामा फेला परेका छन् ।

पर्सा बीरगंज महानगरपालिका–३ मा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी पर्सा सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरस्थित गण्डक नहरमा सोही ठाउँ बस्ने २० वर्षीय शिवशंकर ठाकुर हजाम मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै स्याङ्जा पुतली बजार नगरपालिका–१३ बाया खोलास्थित कोदो बारीमा सोही ठाउँ बस्ने ५८ वर्षीय भक्तबहादुर गोदार मृत अवस्थामा फेला परेका हुन् ।

घट्नाको विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।