डुबेर एक बालकको मृत्यु

२०७५, २९ आश्विन सोमबार १३:३४

रुपन्देही, २९ असोज । तिलोत्तमा नगरपालिका–३ डिङगनगरस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँस्थित बिष्णुपुरा बस्ने दिनेश थापाको १० वर्षीय छोरा रोबिन थापा चौराहाको बुटवल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । घट्नाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।