आगलागीबाट विभिन्न धनमाल क्षति

२०७५, २९ आश्विन सोमबार १२:५१

रौतहट, २९ असोज । माधबनारायण नगरपालिका–३ स्थित रतिशनाथ झाको ऋद्धिसिद्धि प्लाई उड उद्योगमा सोमबार बिजुलीको तार सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल क्षति भएको छ ।

आगोलागी हुँदा केमिकल ट्याङ्क २ थान, रिप्सि मेशिन १ थान र विभिन्न किसिमका सामानहरु जलेर करिब १ करोड २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानियबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई घट्नाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।