कौडा खेल्ने १० जना पक्राउ

२०७५, २९ आश्विन सोमबार १२:२५

काठमाडौं, २९ असोज । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित कामी शेर्पाको घरमा कौडा खेलीरहेका निज शेर्पा सहित १० जनालाई आईतबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले उनीहरुलाई शेर्पाको घरबाट १६ थान कौडा र नगद १ लाख १५ हजार ५ सय ४५ रुपैयाँ सहित पक्राउ गरेको हो । घट्नाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।