जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०७५, २९ आश्विन सोमबार ११:३८
File Photo

गुल्मी, २९ असोज । बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे गुल्मीको चन्द्रकोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङ रहेको र उनीहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गल्मीले जनाएको छ ।

गाडी सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको थियो । घट्नाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।