वडा कपको फाइनलमा जुनेली बस्ती र जुइना

२०७५, २९ आश्विन सोमबार ०७:३५

मकवानपुर २९ असोज । बकैया गाउँपालिकाको जुइनामा भैरहेको प्रथम वडा गोल्ड कप प्रतियोगिताको फाइनलमा जुनेली बस्ती एफसि र जुइना एफसि पुगेका छ्न् । प्रतियोगिता २० गतेबाट सुरु भएको हो ।
साविक छतिवन गाविस वडा न ९ हाल बकैयाको ६ नम्बर वडाले गरेको प्रतियोगितामा ६ नम्बर वडाको दुर्गम ज्यामिरे,गड्वान, गवरस्थानका युवा टोलि समेत सहभागी थिए । प्रतियोगिताको समूह र क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै जुनेली बस्ती१(० गोलले हराउदै प्रतियोगिताको फाइनलमा प्रबेश गरेको हो । जसमा जितका लागि भिम लामाले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए ।

तेस्तै बाइ पाएर क्वाटरफाइनलबाट सिधै फाइनल प्रबेश गरेको जुइना एफसीले पनि अन्तिम खेलमा आफुलाइ प्रबेश गराएको छ । प्रतियोगिताको फाइनल खेल भोलि फुलपातीको दिन हुनेछ । गोल्डकपमा प्रथम हुनेले १५ हजार द्वितीय हुनेले १० र तृतीय हुनेले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न् । भने छनौट हुने खेलाडी खुल्ला बकैया गोल्ड्कपमा सहभागी हुनेछ्न् । बकैया ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जनको बिशेश सकृयतामा भएको गोल्डकप फुटबलमा ६ नम्बर वडाका १२ टिमले नकाउट आधारमा प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् ।