बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा दुई जना पक्राउ

२०७५, २८ आश्विन आईतवार १२:०८

धनुषा, २८ असोज । धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कार पछि हत्या गरेको अभियोगमा दुई जना पक्राउ गरेको छ ।

धनुषाको औरही नगरपालिको–२ परवाहाकी ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार प्रहरीले पक्राउ गरिएको हो । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् ।

स्थानीयवासीले मनिकाको शव धानबालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाएको छ ।