ओम बाबाको बिषयमा आश्रमको पत्रकार सम्मेलन

२०७५, २५ आश्विन बिहीबार १७:०९

मकवानपुर । सत्य ओम बाबा आरोग्य आश्रमले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी केही समय अघि भएको घटनामा ओम बाबा (ओम प्रकाश श्रेष्ठ) दोषी नभएको दावी गरेको छ ।

उसले घटनाको सत्यतथ्य छानबिनका लागि सबैलाई आग्रह गरेको छ । आश्रमका उपाध्यक्ष सूर्यबहादुर स्याङतानले आश्रममा बिहोस भई लडेकी हेटौंडा ११ घर भएकी साबित्री पुडासैनीको सन्दर्भमा पत्रकारहरुले आश्रम र ओम बाबाको विरुद्ध लगातार समाचार लेखिरहेकोमा आपत्ति समेत जनाएका छन् ।

न्युज क्लब हेटौंडाका अध्यक्ष धमेन्द्र दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो ।



Loading...