फिल्मी शैलीमा सामुहिक बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

२०७५, २५ आश्विन बिहीबार १६:५८

रुपन्देही २५ असोज । रुपन्देहीकी १६ वर्षीया किशोरीमाथि असोज २३ गते फिल्मी शैलीमा सामुहिक बलात्कार भएको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरी सार्वजनिक गरेको छ ।

किशोरीले दिएकी जाहेरीका आधारमा प्रहरीले रुपन्देही देवदह नगरपालिका–१० का ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका–७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ गरेको हो ।

घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरले जनाएको छ । पक्राउ परेका उदय काठको काम गर्छन भने कृष्ण गाडी स्टाफ हुन् । किशोरी चिनजानकै भएको खुलेको प्रहरीले जनाएको छ ।