लडेर दुई जनाको मृत्यु

२०७५, २५ आश्विन बिहीबार १६:१३

जाजरकोट, २५ असोज । बारेकोट गाउँपालिकामा छुट्टाछुट्टै लडेर दुई जनाको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । उनको घाँस काट्दै गर्दा चिप्लिएर मृत्यु भएको स्थानीयहरुले जानकारी दिएका छन् ।

त्यस्तै सोही गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मा.वि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिएका छन् । स्थानीयबासी जङगलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उनको पनि आज बिहान मृत्यु भएको हो ।



Loading...